Sunday, September 15, 2013

सुर्यविनायक - घ्याम्पेडाँडा - आशापुरी - साँगा पदयात्रा २९ भाद्र २०७०

आज हाइकिङ्ग जाने दिन बिहान साढे पाँच बजे नै उठियो नित्यकर्म सकेर हिडे पुरानोबसपार्क।  म पुग्दा हाइकिङ्ग टोलीको त चरो मुसो नै भेटिएन एकछिन पछि आइपुगे जिम्मल अनि शिशिर बस चढ्यौ सुर्यविनायकको बसमै भेटिए माइक्रोमेगा र अरु साथीहरु बीचबाटोमा त्यै बसमा चढीन बैनी कविता दाहाल।

खाजा कुर्दै अनि त्वित हेर्दै




साढे सातमा सुर्यविनायक पुग्दा एक टोली पुगीकन चियापान भ्याइसकेछन।  हिजो नै काकाबाले उर्दी जारीगर्नु भाको थियो साढे सातमा पुग्ने भनेर तर नेपाली न पर्यौ हामी अलिकति ढिला त बानी नै भैसक्यो हाम्रो । एकछिन कुरियो साथीहरुलाई। 



फोटो खिच्ने यसरी हो

 अब पालो थियो हाम्रो चियापानको साथ दिए बिकुको अनि पेशलब्रोले  जेरी, पुरी, तरकारी अनि हलुवा खायौ पिरो खान नसक्ने जिम्मल, शिशिर, माइक्रोमेगा अनि जेरीको फ्यान कविता र म खाजा खाएपछि थपिए केहि साथीहरु अघि बढियो सुर्यविनायक मन्दिर चोकैमा साथीहरु चाउचाउ खाँदै रेछन साथीहरु थपिने क्रम बढ्दै गयो अब उकालो चढ्ने तरखर हुँदै थियो उकालोमा तिर्खा मेटाउने उपाय चामलको मोही किनियो र राखियो झोलामा किनकी यो चोटी अघिल्लो हाइकिङ्गको मापसेले गर्दा मापसे निषेध भन्ने कुरो हल्का रुपमा अघिल्लै दिन उठेको थियो।


चामलको मोही


बाटोमा कैले को अघि कैले को पछि गर्दै पाइलट बाबाको आश्रम अगाडी पुगियो कोइ साथीहरु थकाई मार्न बसें कोइ फोटो खिच्न। एकछिनमा मुढेको उसिनेको आलु र नुन खुर्सानी खाइयो आलु ल्याउनेको नाम बिर्से तर नुनखुर्सानी चैँ जेरीको फ्यान कविता बैनीले ल्याएकी रहिछन जे होस्  मिठो भयो जसले ल्याए तिनलाई धन्यबाद ।


पेशलब्रो,जिम्मल र शिशिर


शिकारुको सिकाई र पेशलब्रोको  हिंडाई








के माग्दैछन नेपालडायरी 





थकाई लाग्यो एकछिन टुसुक्क
काकाबा आलु बाड्दै


नुन बाड्दै पागलबस्ती



कस्तो मिठो क्या
  नुन र आलु लागेको लागेको हात चाट्दै हामी छिर्यौ पाइलट बाबाको आश्रम भित्र एउटा टावर बन्दैरेछ।  साथीहरु चढे फोटो खिच्न तछांडमछाड गर्दै  मैले सकेजति फोटो खिंचे।  त्यहाँबाट काठमाडौँ उपत्यका र   वरिपरिका हिमाल राम्रो संग देखिने रेछ धेरैबेरको फोटो सेसन पछि हामी अझै अघि बढ्यौ घ्याम्पेडांडा तिर चर्को घाममा कैले अघि कैले पछि गर्दै पुगियो घ्याम्पेडांडा खाजा खाने ठाउँ रहेछ कोही खाजा खान लागे कोही मापसे गर्न तिर।


कस्तो देख्दो रेछ उपत्यका खिच्न पर्यो






टावर चड्नेको पोज




एकछिन बस्ने हैन भन्या थकाई लाग्यो

 म, पागलबस्ती, शिकारु, जिम्मल, शिशिर, राबिस, कुल्रिम्स, अल्बर्ट, माइक्रो, बिकुको, पेशल ब्रो, तीनदिने त्वितर एउटा होटेल छिर्यौ।  सुर्यविनायक देखि लगेको मोही सकेर अरु थपियो मोही नखाने जति अघि हिडे हामी पछि पर्यौ बाटोमा ननभेज जोक र गीत गाउँदै अगाढी बढ्यौ आशापुरी तिर बीच बाटोमा माइक्रो छुट्यो।  उ त एक्लै अर्कै बाटो गएछ। हाइकिङ्गमा छुटेका दुई भाइ बिद्द्युत र एसबीलाई धेरै सम्झिए।
बाटो भुलेर एक्लै परे म त



आशापुरीमा अगाडि हिंडेका साथीहरु पर्खिरहेका रेछन बल्ल बल्ल आइपुग्यो माइक्रो अनि सुरु भयो परिचयात्मक कार्जेक्रम आफ्नो नाम काम ठाम अनि त्वितर ह्यान्डल सहित सबैको नाम याद आएन तर फोटो खिचेको छु।


जिम्मल कान्छा भन्या मै हुँ






नामै घ्याम्पेडाँडा झन्डै नभेटेको


यस्तो पो हो पोज तिन दिने भाई




आहा कस्तो राम्रो घर


धेरै पछि हल गोरु  देखियो


परिचयात्मक कार्जेक्रम समापन गरे काकाबाले अनि हामी हिड्यौ साँगातिर बीच बाटोमा फेरी खाजा खाइयो होटेल कि साउनीलाई कुल्रिम्सले दिदि भन्दिएछ टिमुर्केर हैरान। 
 



म चैँ काकाबा








नामै माइक्रो ठुलो बोक्छु त



अब चै सबैलाई हिड्न गार्हो हुदैथ्यो ठ्याक्कै देखियो साङ्गाको शिबमन्दिर छिटो छिटो गर्दै झर्यौ हामी।  बल्ल बल्ल पुगियो साँगा भन्ज्यांग यता फेरी खाजा कार्जेक्रम चल्यो चौमिन, मम, खाजसेट खाने तयारी गर्न थाले तर अघि नै अलि कति चिरिप्प पारेका मध्येबाट धेरै जना लुसुक्क अर्को ठाउँ छिर्यौ।










 तेही आइपुगे मुड्डीमदन तिनले कागती हालेर ड्यु खाए हामीले निगार अलि हल्ला खल्ला नै गरेछौ क्यारे होटेल साउ नै कराउन आए बिल तिर्यौ अनि फर्कने बस कुर्न थाल्यौ मदनले पागलबस्ती दाईलाई लिएर गयो।




म त यसरी बस्छु
   

हामी बस चढ्यौ ट्रलिबस अखडामा आएर अझै थपियो एक पेग MINSK साथीहरु थपिदै थिए म हिडे घरतिर  


(भाषा र ब्याकरणमा भएको त्रुटी माफ पाउँ)

1 comment:

  1. Aalu lyaune Sujan ho :) hatterika maile tyo chamalko mohi taste nai garna paieyana :P j hos pa6i samma yaadgar hune6 yi palharu :)

    ReplyDelete