ओहो कस्तो जाडो छिट्टै उठ्ने भनेको सकिएन। बल्ल बल्ल उठियो घडी हेरेको ६:४५ भएछ बाउन पाराले स्नान गरियो । पानी पर्छ भनेर अघिल्लै दिन समिर दाइले भनेको याद आयो एउटा लुगा थपियो ज्यानमा अनि हतार हतार कलंकी जाने माइक्रो चढें कलंकी पुगे। साथीहरु जम्मा भैसकेछन हाइ हेलो भयो । काकाबा दुक्लै आउनुभएछ । कलंकी नैकाप हुँदै सुरु भयो हाम्रो छोटो पदयात्रा इन्द्रदहतिर ।
बिकुको, पेशलब्रो, कुल्रिम्स, भुवन, बिद्दुत, एसबि, भ्याकुतो, कविता, सिजन, पभी, बाबाजीका बुडा बुडी अनि सहदेव सिग्देल सरलाइ सम्झिए कति आफ्नै कारणले र कति निम्तो नपुगेको कारणले छुटेको जानकारी पाइयो ।
गएका साथी मध्ये धेरै जसो चिरपरिचित नै थिए औपचारिक चिनजान गर्ने कार्जेक्रम भन्दा अगाडी नै सोधियो नचिनेका मित्रहरुको नाम।
बाटोभरी कैले अघि कैले पछि गर्दै हिडियो अघिल्लो महिनाको हाइकिङ्ग गाको भन्दा ठ्याक्कै पल्लो डाँडोमा पुगिएछ बाटोमा सुन्तला बाडें भागमा परेको खाइयो अनि चिया दूनोट अनि सुर्जे पनि भ्याइयो ।
बाटोमा गुम्बा भेटियो फोटो खिच्न र घुम्न छिरियो जे होस् गुम्बा छिरेसी छुट्टै मन हुने क्या सुनसान अनि ध्यान गर्ने बाताबरण रंगीचंगी लुङ्ग्ता माने देखेसी छुट्टै रमाइलो के ।
तर यत्रा बिधि गुम्बा छन् काठमाडौँ वरिपरिका डाँडाहरुमा तिनीहरुको खर्च कसले भर्दो हो कतिको कमाइ खाने भाँडो अनि राजनीतिक खेल खेल्ने अखडा भाको सुनेको हो तर पनि आफु सम्बन्धित निकायको मान्छे परिएन खोजीनिती गर्ने कुरो पनि भएन।
फोटो सेसन पछि फेरी धुलौटो बाटो हिडीरह्यौ बिचमा एउटा बनभोज गर्ने ठाउँ भेटियो नाम चै स्विटजरल्याण्ड चौर रे दुइ चार ग्रुप देखिए बनभोज आका रमाइलो गरिरहेका ।
साढे एघार तिर खाजा खाने ठाउँमा पुगियो अनि सुरु गरियो खाजा संगै गफ गाफ अनि थोरै मित्रहरु मापसे तिर लागे आफु नि तेसै गरियो खाजामा यति धेरै परिकार रेछ कि खाएर उठ्न नि मुस्किल पर्यो ।
खाजापछी उक्लियौ माथि डाँडामा जहाँ कालु पाँडेको समाधि रहेछ कालु पाँडे जो पृथ्वी नारायण शाहका बफादार सैनिक जो किर्तिपुरको युद्दमा मारिएका थिए।
उनको इच्छा बमोजिम यो डाँडोमा समाधिस्ट गरिएको लेखेको रेछ कुरो अलि बिबादास्पद देखियो बाहुन क्षेत्रीको समाधि बनाइदैन जस्तो लागेको थियो त्यहामाथि समाधि डांडामा बनाउनु नपर्ने त्यै पनि युद्द मैदानमा मरेका वीर सहिद......... एकछिन बसियो अनि पौष सत्ताइस गते सम्झिएर हामी अलि तल रहेको इन्द्रदह पुग्यौ ।
बाटोमा महिला मित्रहरुले एकछिन गीत गाए साथ् दिदै हिडे म पनि । खाना तयार हुदै थियो तेसैले अलि छिटो छिटो तल झर्यौ बाटोमा जिलौटो पोल्दै गरेका यी व्यक्ति भेटिए ।
खाजा अगाडी नै यो पांग्रा खेलेर बसेका बच्चाहरु देख्दा एकचोटी आफै आफ्नो बाल्यकाल तिर पुगेको थिए फेरी अर्को समुह भेटियो त्यै पांग्रा गुडाएर खेलिरहेका ।
म सोच्थे आजकलका बच्चाहरु खेल्न छोडिसके तर ति पुरानै खेलहरु अझै जिम्दै रेछन :))
खानामा धेरैले ढीड़ो खाए एकाधले भात ।
चिसोले ज्यान नतातेर मैले तोंग्बा अनि साथीहरुले झ्वाईखट्टे सुरुप्प पारे ।
हामी रमाइलो गर्दैथियौ । एक जना वृद्ध आइपुगे खुर्पेटो कम्मरमा अनि खन्ती बोकेर रमाइलो गरे नाम के हो बा मैले सोधे उनले भने लालबहादुर शास्त्री यो चिसोमा फाटेको चप्पल अनि ठाउँ ठाउँमा उध्रेको स्विटर लगाएका मन भारी भो एकछिन तर के गर्ने हामी रमाइलो गर्न गाका आफुले जे खादै थियौ त्यै दियौ बुढा खुशी हुँदै नाँच्न पो थाले ।
हामी पनि खानाको पैसो तिरेर झर्यौ बाटोमा फेरी एक पटक सुन्तला खायौ बलम्बु फाँटमा पुगेर चिया खाइयो ।
चिया खाँदै थिए तराई मुलकी यी महिला देखे यो जाडोमा पानीको जोहो गर्न आफु मात्रै नभएर यी सानी नानीलाई सम्म भाँडा बोकाएर पानी भर्न आकी मन नै कटक्क भो ।
अनि झल्याँस्स नेपाललाई पैले सिंगापुर अनि आजकल स्विजरल्याण्ड बनाउने नेता सम्झिए अनि आफुले आफुलाई धिक्कार्दै नेता सराप्दै (पुरानै बानी) घर फर्के ।

थकाइ लाग्यो काकाबाको काखै प्यारो |
पानी पर्छ भनेर एक्लै पारे मलाई :)) इन्द्र |
यिनीहरु भन्दा अगाडी आइपुगे म :)) कुमार दाइ उर्फ पागलबस्ती |
उठ्नै मन लागेन |
यसो कपाल मिलाउनुपर्यो |
मलाई चै दारी भन्छन चिन्नुभो :)) |
यसो हाम्रो नि खिच्नु पर्यो के :)) अल्बर्ट |
बाटोभरी कैले अघि कैले पछि गर्दै हिडियो अघिल्लो महिनाको हाइकिङ्ग गाको भन्दा ठ्याक्कै पल्लो डाँडोमा पुगिएछ बाटोमा सुन्तला बाडें भागमा परेको खाइयो अनि चिया दूनोट अनि सुर्जे पनि भ्याइयो ।
बाटोमा गुम्बा भेटियो फोटो खिच्न र घुम्न छिरियो जे होस् गुम्बा छिरेसी छुट्टै मन हुने क्या सुनसान अनि ध्यान गर्ने बाताबरण रंगीचंगी लुङ्ग्ता माने देखेसी छुट्टै रमाइलो के ।
यत्रो लगानी गरेर गुम्बा बनाउने पैसो कहाँ बाट आउछ ?? |
बसेरै भए नि खिचिदिनु पर्यो |
आफ्नै तालमा :)) |
तीनजना एकतिर एकजना अर्कोतिर |
तर यत्रा बिधि गुम्बा छन् काठमाडौँ वरिपरिका डाँडाहरुमा तिनीहरुको खर्च कसले भर्दो हो कतिको कमाइ खाने भाँडो अनि राजनीतिक खेल खेल्ने अखडा भाको सुनेको हो तर पनि आफु सम्बन्धित निकायको मान्छे परिएन खोजीनिती गर्ने कुरो पनि भएन।
म त यसरि पो हाँस्छु त |
यस्तरी पो पोज दिने हो त :)) |
मेरो चै फोटो आएन के :)) |
अरुको बाटोमा नहिड्ने मान्छे म चै माइक्रो :)) |
फोटो सेसन पछि फेरी धुलौटो बाटो हिडीरह्यौ बिचमा एउटा बनभोज गर्ने ठाउँ भेटियो नाम चै स्विटजरल्याण्ड चौर रे दुइ चार ग्रुप देखिए बनभोज आका रमाइलो गरिरहेका ।
साढे एघार तिर खाजा खाने ठाउँमा पुगियो अनि सुरु गरियो खाजा संगै गफ गाफ अनि थोरै मित्रहरु मापसे तिर लागे आफु नि तेसै गरियो खाजामा यति धेरै परिकार रेछ कि खाएर उठ्न नि मुस्किल पर्यो ।
म चै अम्लेट खाने शाकाहारी |
यति भए पुग्छ :)) |
उकालो चढ्नै गारो |
खाजापछी उक्लियौ माथि डाँडामा जहाँ कालु पाँडेको समाधि रहेछ कालु पाँडे जो पृथ्वी नारायण शाहका बफादार सैनिक जो किर्तिपुरको युद्दमा मारिएका थिए।
काजी पाँडे समाधि |
उनको इच्छा बमोजिम यो डाँडोमा समाधिस्ट गरिएको लेखेको रेछ कुरो अलि बिबादास्पद देखियो बाहुन क्षेत्रीको समाधि बनाइदैन जस्तो लागेको थियो त्यहामाथि समाधि डांडामा बनाउनु नपर्ने त्यै पनि युद्द मैदानमा मरेका वीर सहिद......... एकछिन बसियो अनि पौष सत्ताइस गते सम्झिएर हामी अलि तल रहेको इन्द्रदह पुग्यौ ।
बाटोमा महिला मित्रहरुले एकछिन गीत गाए साथ् दिदै हिडे म पनि । खाना तयार हुदै थियो तेसैले अलि छिटो छिटो तल झर्यौ बाटोमा जिलौटो पोल्दै गरेका यी व्यक्ति भेटिए ।
जिलौटो पोल्दै |
खाजा अगाडी नै यो पांग्रा खेलेर बसेका बच्चाहरु देख्दा एकचोटी आफै आफ्नो बाल्यकाल तिर पुगेको थिए फेरी अर्को समुह भेटियो त्यै पांग्रा गुडाएर खेलिरहेका ।
बाल्यकाल |
पाइपको पांग्रा |
म सोच्थे आजकलका बच्चाहरु खेल्न छोडिसके तर ति पुरानै खेलहरु अझै जिम्दै रेछन :))
Add caption |
आहा कति रमाइलो गाँउ |
खानामा धेरैले ढीड़ो खाए एकाधले भात ।
चिसोले ज्यान नतातेर मैले तोंग्बा अनि साथीहरुले झ्वाईखट्टे सुरुप्प पारे ।
हामी रमाइलो गर्दैथियौ । एक जना वृद्ध आइपुगे खुर्पेटो कम्मरमा अनि खन्ती बोकेर रमाइलो गरे नाम के हो बा मैले सोधे उनले भने लालबहादुर शास्त्री यो चिसोमा फाटेको चप्पल अनि ठाउँ ठाउँमा उध्रेको स्विटर लगाएका मन भारी भो एकछिन तर के गर्ने हामी रमाइलो गर्न गाका आफुले जे खादै थियौ त्यै दियौ बुढा खुशी हुँदै नाँच्न पो थाले ।
खुर्पेटो |
म लालबहादुर शास्त्री |
निल्नै गारो के :)) |
हामी पनि खानाको पैसो तिरेर झर्यौ बाटोमा फेरी एक पटक सुन्तला खायौ बलम्बु फाँटमा पुगेर चिया खाइयो ।
चिया खाँदै थिए तराई मुलकी यी महिला देखे यो जाडोमा पानीको जोहो गर्न आफु मात्रै नभएर यी सानी नानीलाई सम्म भाँडा बोकाएर पानी भर्न आकी मन नै कटक्क भो ।
पानीको जोहो गर्न हिडेकी बालिका |
आमाको माया |
अनि झल्याँस्स नेपाललाई पैले सिंगापुर अनि आजकल स्विजरल्याण्ड बनाउने नेता सम्झिए अनि आफुले आफुलाई धिक्कार्दै नेता सराप्दै (पुरानै बानी) घर फर्के ।
Really missed these moments :(
ReplyDeleteबाटोमा मैले नि सम्झेको थिए तिम्लाई :))
ReplyDeleteराम्रा लेख रमिला तस्बिरहरु!!
ReplyDeleteगजब लेख! तर एउटा कुरो चाहिँ नौलो लाग्यो जिलौटो भन्ने चाहि के रहेछ?
ReplyDelete