Tuesday, May 19, 2015

यहाँ,
भगवानको नाममा
सपथ खुवाईन्छ
जिम्दो मान्छेलाई
देवता बनाईन्छ
प्राकृतिक प्रकोपलाई
दैवी प्रकोप भनिन्छ
पीडितलाई राहत दिन
नीति बनाम्न पर्ने
प्रम बिमार बच्चोको
भविश्यवाणी सुन्न
लालायित हुन्छन
अचम्मको छ हाम्रो नेपाल
र हामी नेपाली

२०७२/२/५
१९-५-२०१५

Monday, April 20, 2015

कठै मेरो देश

एक अनुच्छेद लेखेर अन्धाधुन्ध इन्टर हान्देको यस्तो पो
भएछ grin emoticon
नेताहरु बने
पार्टीहरु बने
टोले गुण्डाहरु
समाजसेवी बने
अलि धेरै
शक्ति हुनेहरु
मन्त्री नै बने
तर
अहँ देश बनेन
फिटिक्कै बनेन
जाजरकोट, रोल्पा, रुकुममा
हस्पताल बनेन
बन्दै बनेन
जीवनजल नपाएर
निमुखा जनता मरे
सबै संबिधान
बनेन भनेर
अघि अघि
मात्रै दौडे,
पछि पर्यो देश
न रुन्छ
न चिच्याउँछ
कठै मेरो देश

Sunday, January 12, 2014

कलंकी - नैकाप - इन्द्रदह - दहचोक पदयात्रा पौष २७, २०७०

ओहो कस्तो जाडो छिट्टै उठ्ने भनेको सकिएन। बल्ल बल्ल उठियो घडी हेरेको ६:४५ भएछ बाउन पाराले स्नान गरियो ।  पानी पर्छ भनेर अघिल्लै दिन समिर दाइले भनेको याद आयो एउटा लुगा थपियो ज्यानमा अनि हतार हतार कलंकी जाने माइक्रो चढें कलंकी पुगे। साथीहरु जम्मा भैसकेछन हाइ हेलो भयो । काकाबा दुक्लै आउनुभएछ कलंकी नैकाप हुँदै सुरु भयो हाम्रो छोटो पदयात्रा इन्द्रदहतिर ।
     

बिकुको, पेशलब्रो, कुल्रिम्स, भुवन, बिद्दुत, एसबि, भ्याकुतो, कविता, सिजन, पभी, बाबाजीका बुडा बुडी अनि सहदेव सिग्देल सरलाइ सम्झिए कति आफ्नै कारणले र कति निम्तो नपुगेको कारणले छुटेको जानकारी पाइयो ।

गएका साथी मध्ये धेरै जसो चिरपरिचित नै थिए औपचारिक चिनजान गर्ने कार्जेक्रम भन्दा अगाडी नै सोधियो नचिनेका मित्रहरुको नाम।


थकाइ लाग्यो काकाबाको काखै प्यारो


पानी पर्छ भनेर एक्लै पारे मलाई :)) इन्द्र

यिनीहरु भन्दा अगाडी आइपुगे म :)) कुमार दाइ उर्फ पागलबस्ती

उठ्नै मन लागेन

यसो कपाल मिलाउनुपर्यो

मलाई चै दारी भन्छन चिन्नुभो :))
यसो हाम्रो नि खिच्नु पर्यो के :)) अल्बर्ट

बाटोभरी कैले अघि कैले पछि गर्दै हिडियो अघिल्लो महिनाको हाइकिङ्ग गाको भन्दा ठ्याक्कै पल्लो डाँडोमा पुगिएछ बाटोमा सुन्तला बाडें भागमा परेको खाइयो अनि चिया दूनोट अनि सुर्जे पनि भ्याइयो ।

बाटोमा गुम्बा भेटियो फोटो खिच्न र घुम्न छिरियो जे होस् गुम्बा छिरेसी छुट्टै मन हुने क्या सुनसान अनि ध्यान गर्ने बाताबरण रंगीचंगी लुङ्ग्ता माने देखेसी छुट्टै रमाइलो के ।


यत्रो लगानी गरेर गुम्बा बनाउने पैसो कहाँ बाट आउछ ??

बसेरै भए नि खिचिदिनु पर्यो


आफ्नै तालमा :))



तीनजना एकतिर एकजना अर्कोतिर


तर यत्रा बिधि गुम्बा छन् काठमाडौँ वरिपरिका डाँडाहरुमा तिनीहरुको खर्च कसले भर्दो हो कतिको कमाइ खाने भाँडो अनि राजनीतिक खेल खेल्ने अखडा भाको सुनेको हो तर पनि आफु सम्बन्धित निकायको मान्छे परिएन खोजीनिती गर्ने कुरो पनि भएन।


म त यसरि पो हाँस्छु त

यस्तरी पो पोज दिने हो त :))
मेरो चै फोटो आएन के :))
अरुको बाटोमा नहिड्ने मान्छे म चै माइक्रो :))



फोटो सेसन पछि फेरी धुलौटो बाटो हिडीरह्यौ बिचमा एउटा बनभोज गर्ने ठाउँ भेटियो नाम चै स्विटजरल्याण्ड चौर रे दुइ चार ग्रुप देखिए बनभोज आका रमाइलो गरिरहेका ।


साढे एघार तिर खाजा खाने ठाउँमा पुगियो अनि सुरु गरियो खाजा संगै गफ गाफ अनि थोरै मित्रहरु मापसे तिर लागे आफु नि तेसै गरियो खाजामा यति धेरै परिकार रेछ कि खाएर उठ्न नि मुस्किल पर्यो ।

म चै अम्लेट खाने शाकाहारी

यति भए पुग्छ :))

उकालो चढ्नै गारो



खाजापछी  उक्लियौ माथि डाँडामा जहाँ कालु पाँडेको समाधि रहेछ कालु पाँडे जो पृथ्वी नारायण शाहका बफादार सैनिक जो किर्तिपुरको युद्दमा मारिएका थिए। 


काजी पाँडे समाधि


 उनको इच्छा बमोजिम यो डाँडोमा समाधिस्ट गरिएको लेखेको रेछ कुरो अलि बिबादास्पद देखियो बाहुन क्षेत्रीको समाधि बनाइदैन जस्तो लागेको थियो त्यहामाथि समाधि डांडामा बनाउनु नपर्ने त्यै पनि युद्द मैदानमा मरेका वीर सहिद......... एकछिन बसियो अनि पौष सत्ताइस गते सम्झिएर हामी अलि तल रहेको इन्द्रदह पुग्यौ । 





बाटोमा महिला मित्रहरुले एकछिन गीत गाए साथ् दिदै
हिडे म पनि । खाना तयार हुदै थियो तेसैले अलि छिटो छिटो तल झर्यौ बाटोमा जिलौटो पोल्दै गरेका यी व्यक्ति भेटिए । 

जिलौटो पोल्दै


खाजा अगाडी नै यो पांग्रा खेलेर बसेका बच्चाहरु देख्दा एकचोटी आफै आफ्नो बाल्यकाल तिर पुगेको थिए फेरी अर्को समुह भेटियो त्यै पांग्रा गुडाएर खेलिरहेका । 

बाल्यकाल

पाइपको पांग्रा


म सोच्थे आजकलका बच्चाहरु खेल्न छोडिसके तर ति पुरानै खेलहरु अझै जिम्दै रेछन :))



Add caption


आहा कति रमाइलो गाँउ


खानामा धेरैले ढीड़ो खाए एकाधले भात





 चिसोले ज्यान नतातेर मैले तोंग्बा अनि साथीहरुले झ्वाईखट्टे सुरुप्प पारे । 





हामी रमाइलो गर्दैथियौ ।  एक जना वृद्ध आइपुगे खुर्पेटो कम्मरमा अनि खन्ती बोकेर रमाइलो गरे नाम के हो बा मैले सोधे उनले भने लालबहादुर शास्त्री यो चिसोमा फाटेको चप्पल अनि ठाउँ ठाउँमा उध्रेको स्विटर  लगाएका मन भारी भो एकछिन तर के गर्ने हामी रमाइलो गर्न गाका आफुले जे खादै थियौ त्यै दियौ बुढा खुशी हुँदै नाँच्न पो थाले ।

खुर्पेटो


म लालबहादुर शास्त्री
निल्नै गारो के :))

हामी पनि खानाको पैसो तिरेर झर्यौ बाटोमा फेरी एक पटक सुन्तला खायौ बलम्बु फाँटमा पुगेर चिया खाइयो ।


चिया खाँदै थिए तराई मुलकी यी महिला देखे यो जाडोमा पानीको जोहो गर्न आफु मात्रै नभएर यी सानी नानीलाई सम्म भाँडा बोकाएर पानी भर्न आकी मन नै कटक्क भो । 


पानीको जोहो गर्न हिडेकी बालिका


आमाको माया

अनि झल्याँस्स नेपाललाई पैले सिंगापुर अनि आजकल स्विजरल्याण्ड बनाउने नेता सम्झिए अनि आफुले आफुलाई धिक्कार्दै नेता सराप्दै (पुरानै बानी) घर फर्के ।

Sunday, November 10, 2013

बाले खाने डब्बावाल खैनीको सम्झना

त्यतिखेर म त्यस्तै हुँदो हुँ, दस बर्षको. हाम्रा बाको सुर्ती खाने बानी, त्यो पनि डिब्बा वाला. दाई काठमाडौँ बस्ने भाइ सानै उमेरको अनि दिदी घाँस काट्न जानु पर्ने. खैनी किन्ने चैँ मेरो ठेक्का जस्तै थियो. अहिले जस्तो पसल छ्यास-छ्यास्ती थिएन त्यो बेलामा. घरबाट सबैभन्दा नजिकको पसलनै झन्डै एक घण्टा टाढा थियो. गँहु काट्ने बेला थियो, बा ले पैसो दिएर खैनी किनेर ल्याउन अह्राउनु भो. म बेतोडले कुदेँ. अझ बाले यो छोरो कम्ती छिटो कुद्छ, सबैभन्दा छिटो नै यहि हो भनेपछी यस्तो बलले कुदिन्थ्यो कि रोकिए पछि एकछिन त सास फेर्नै गाह्रो हुन्थ्यो. सुर्ती किनेर आउदै थिए, बाटोमा आँपको रुख देखे. दौडनै जस्तै रुख चढ्न पनि म धेरै सिपालु. दुई तिनोटा चुक अमिलो भन्दा नि अमिलो आँप उडाए. बाटोमा एक्कासी लाग्यो, बा ले खाने कुरो कस्तो पो होला. यसो औलाले उधिनेर ओठमा च्यापे पछी बा फटाफट काम गर्थे. काम गर्दा गर्दै लखतरान भएपछि पनि त्यो डब्बामा हात पुर्याउथे. अनि हाम्लाई चैँ आचीपापा खानु हुन्न भन्थे. 
 
यस्तै थ्यो त्यो सुर्ती

 
आजकल त यस्तो आउँदो रेछ
आज जे पर्ला पर्ला यसो चाखि हेर्न पर्यो भनेर टिनको त्यो डब्बा खोले. यसो सुंघेको त यस्तो हरक आयो कि कुरै नगरम. अगि खा’को अमिलो आँप झन्डै आएको थियो मुखबाट. बट्टा बन्द गरेर अलि पर पुगेसी फेरी सम्झे, हाम्रा बा मात्रै हैन स्कुलका अरु सर पनि च्याप्थे. हैन कस्तो र’छ यो चिज आज चैँ खाइ हेर्नु पर्यो जस्तो लाग्यो. अनि यसो दाँयाबाँया बाटोतिर हेरे, कोहि मान्छे देखिन. मौका यहि हो भन्ठान्दै गँहु खेतको डिलमा बसेर बाले जस्तै औलाले च्यापेर आँखा चिम्म पारेर एक डोज ओठमा च्यापे. राखेको मात्रै के थिए, पुरै सँसार घुमाई हाल्यो तिरिमिरि झ्याई पार्दै. अघि खाएको अमिलो आँप मात्र हैन, बिहानको भात पनि निस्कियो. पेटबाट आन्द्रा भुँडी नै बाहिर निस्केला जस्तो भयो, वाकवाक लागेर. बल्लबल्ल भाउन्निदै नजिकैको जरुवामा पुगेँ. मुख खोकले अनि तुईतुई पानी पिए. अलिक राहत महसुस भयो. केहिबेर खेतको आलीमै थच्चिए. अनि एकछिनमा लखर-लखर घर तिर लागे बिस्तारै. अगिको जस्तो कुद्ने सामर्थ्यो भए पो.  त्यो दिन देखि मलाई त्यो डब्बा देख्यो कि भाउन्न भएर आँउथ्यो. अहिले सम्झिन्छु त्यै बेला बाले चुरोस पनि खाने गर्देको भए मलाई यो चु को चै बानी लाग्दैनथ्यो कि.

Friday, November 8, 2013

टडक (ट्रक) हेर्ने रहर अनि म


कुरो त्यस्तै चौवालिस साल तिरको हुनपर्छ, त्यतिबेला स्कुलको बार्षिक परीक्षा मँसिरमा हुने गर्थ्यो . असारमा रोपेको मानोलाई मुरी बनाएर भित्र्याउने समय हो यो, त्यसैले चहलपहल पनि धेरै हुन्थ्यो . उतिखेर सबैभन्दा धेरै आम्दानी हुने स्रोत भनेकै धान थियो हाम्रो जस्तो कृषिमा आस्रित परिवारहरुको लागि . त्यसैले मकै र कोदो को ढीडों खाएर धान चै जोगाउदै बेच्ने चलन थियो हाम्रोतिर . आजकल त बिकासे धानहरु आ’का छन् . त्यतिखेर लगाईने भनेको चै किस्नबेलि, कालाकाठे, झिनुवा बासमती, समुन्द्र फिंजी, मार्शी थियो . मन्सुली चाँहि भर्खर भर्खर निस्केको थियो, त्यतिखेको सबसे नयाँ . मँसिरको बार्षिक परिक्षा सकिए पछि स्कुल छुट्टी हुन्थ्यो पुष-माघ सम्मको लागि . पास हुनेले अर्को सालको नया कक्षाको किताब पनि किन्ने र जाडोको पनि ईन्तजाम गर्ने बेला हुन्थयो त्यो . त्यसको लागि आफुले सके जति धान बोकेर बेच्न जान्थ्यौ हामी . सहरेटार अनि आंप्रबजार त्यो बेलाको चलेको बजार थियो हाम्रो, मोटर गाडि त्यहाँ सम्म मात्रै चल्थ्यो भन्थे . आफु जहिले जादा नि बाटो मात्र लम्पसार परेको हुन्थ्यो, गाडि कहिले देख्न पा’को भए पो ! पछि थाहा पाईयो, यो ठाँउ सदरमुकाम बिदुर बाट त्यस्तै २० किलोमिटर पूर्वमा पर्ने रै’छ . मोटर बाटोको बिस्तार सँगै बजार पनि सर्दै गयो . फलस्वरुप त्यो पुरानो बजारको अहिले खासै अस्तित्व छैन .


यो भन्दा नि खत्तम थियो मटर गुड्ने बाटो



आंप्रबजारमा हाम्रो ठुलो फुपुको घर थियो .  मामाघर आउँदा भान्दाई र मेरा एक दुई साथीहरु जैले नि मटर (मोटर) को कुरा गर्थे . यस्तो हुन्छ उस्तो हुन्छ भन्दै नानाथरिका बखान गर्थे .  तर आफुले चै देख्न पाएको थिएन . अत्ति नै भएपछि त्यो बर्ष चै मलाई पनि मटर हेर्ने रहर लाग्यो . अनि बल्ल घरमा बा नभएको मौका पारेर म फुपूको घर लागे . बा कामले काठमाडौ शहर लागेकाले मैले छुट्टि पाए फुपूको घरमा बस्ने . अब यसपाला चै जसरी भएनि मटर हेर्ने धोको पुरा हुने भयो भनेर खुशिले दङ्ग थिए . मैले नदेखेनी यस्तो होला भन्ने सोचेको मटरलाई तिनिहरुले टडक भन्दा रै’छन . आज आउला भन्यो छैन, भोलि आउला भन्दा छैन . चार दिन बित्न लागि सक्यो तै पनि त्यसको अत्तोपत्तो थिएन . टडक देख्न नपाए पनि मैले तेस्ले बनाको दुइतिरको खाल्डो बाटो भरि दिनभर सयौ पटक ओहोर दोहोर गरे . बाटोको छेउमा राखेको थोत्रो टायर हेरेर अनेक कल्पना गरे . घर फर्कने अन्तिम रात खाना खाएर भान्दाई र म बार्दलीमा सुत्न लागेका थियो

 
यस्तै थियो मैले देखेको ट्रक



 एउटा बिशाल जिनिस रंगीचंगी बत्ति बालेर उताबाट हाम्रै घर तिर आयो .  भान्दाईले लौ टडक आयो भन्दा म यस्तरी चिच्याको थिए फुपु आत्तिएर आउनु भयो के भयो भनेर . भित्तामा माईलाले माउसुली देखेछ आमा त्यहि भएर चिच्याएको भाइ भन्दिनु भयो भान्दाईले . नत्र आफ्नो कत्रो बेईज्जत हुन लागि सकेको थियो . अनि भान्दाई र म बिहानै टडक हेर्ने जाने सल्लाह भयो . बिहान उजेलो हुने बित्तिकै भान्दाई र म कुलेलाम ठोकेर त्यो भए ठाउमा पुगेम . आम्ममा कत्रो ठुलो थियो त्यो भने अजङ्गको . भान्दाईको काकाले त्यो बेला धान जोख्थे त्यो लिन आ’को रैछ . उनको सिफारिशमा बल्ल बल्ल छुन पाएको टडकमा चढ्न पनि पाईने भईयो . पहिले खलासीले पिर्लिक्क आँखा पल्टाउदै थियो . पछि त उसलाई जिल्लाउदै ड्राईभरको सिट पछाडी गएर बसियो . कस्तो रमाईलो भयो भने नैतिक शिक्षा पढाउने सरले भन्ने गरेको स्वर्ग यहि हो कि जस्तो लाग्योत्यसपछि फुपुले पस्किदिएको दुई गाँस भात पनि राम्रो सँग नखाएर म बेपत्ता कुदे घरतिर . अरु बेला साथि नभई हिड्न आँट नआउने डेढ घण्टा जति लाग्ने बाटो छोरोले एकै सासमा सकायो . टडक चढेको गफ जो साथीहरुलाई सुनाउनु थियो . त्यसदिन देखिको मेरो रेकर्ड अर्को दुई बर्ष कसैले तोडेन .